ईन्जिनियर न्याैपानेले ल्याए तनहुँ क्षेत्र नं २ का ६ वटा बिद्यालयमा स्मार्ट बोर्ड

रास्वपा नेता एवं इन्जिनियर श्रीराम न्यौपानेले तनहुँ क्षेत्र नं २ का स्थानीय तह अन्तर्गत ६ वटा बिद्यालयमा स्मार्ट बाेर्ड ल्याएका छन् । ईन्जिनियर न्याैपानेकाे Vision to Action कार्यक्रम अन्तर्गत दूरगामी सोंच (Long-term Vision),पहल र सक्रियता (Active Initiation) अन्तर्गत नेपालमै पहिलोपटक तनहुँमा स्मार्ट बाेर्डकाे अवधारणा ल्याइएको हाे । काठमाडौंका विद्यालयहरू L R I School, कलंकी, वृहस्पति शिक्षा सदन, नक्साल र NIST School लैनचौरमा सञ्चालन भइरहेको “कक्षाकोठाको पढाइ” अब Smart Board मार्फत तनहुँका ६ वटा विद्यालयका १० कक्षामा Live, Online, Offline मा पढ्न र हेर्न सकिने व्यवस्था मिलाइने भएको ईन्जिनियर न्याैपानेले बताए । यसका निम्ति ६ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, कम्प्युटर शिक्षक र सोंचकर्ता सहित मीन मा वि थर्पुमा उपस्थित भई स्मार्ट वोर्ड सञ्चालन बारे जानकारी र तालिम लिने तथा सबै विद्यालयका १० कक्षाका कक्षा कोठामा स्मार्ट वोर्ड जडान गर्ने कार्यको आज शुभारम्भ हुने न्याैपानेले जानकारी दिए ।

यस अभिनव कार्यको माध्यमबाट काठमाडौंमा भइरहेको गुणस्तरीय शिक्षण विधिलाई तनहुँका ग्रामीण भेगका विद्यार्थीहरूसम्म समान रूपमा पहुँचयोग्य बनाउने लक्ष्य रहेको छ। यसले नेपालको ग्रामीण तथा शहरी शैक्षिक प्रणालीबीचको दूरी घटाउन समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका माध्यमबाट विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई शैक्षिक, सामाजिक र प्राविधिक पक्षमा बहुआयामिक लाभ हुने विश्वास गरिएको छ।
मुख्य लाभहरू :
१. शैक्षिक लाभ:
राजधानीका अनुभवी शिक्षकबाट प्रत्यक्ष रूपमा पढ्ने अवसर ।
विषयगत शैक्षिक सामाग्रीको प्रयोगले समान पाठ्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षण सामग्रीमा पहुँच।
शिक्षक र विद्यार्थीहरूबीच पढ्ने-पढाउने तौरतरिका र ज्ञान आदान–प्रदानको नयाँ वातावरण सृजना।
२. सामाजिक लाभ:
ग्रामीण र शहरी विद्यालयबीचको अवसर–अन्तर घटाउने।
सहकार्य र साझा सिकाइ संस्कृतिको प्रवर्द्धन।
स्थानीय समुदायमा प्रविधिमुखी सोच र आत्मविश्वासमा वृद्धि।
३. प्राविधिक लाभ:
Smart Board तथा डिजिटल शिक्षण प्रणालीको प्रयोगमा दक्षता।
इन्टरनेटमार्फत शिक्षण–सिकाइमा नयाँ आयाम।
नेपालमा शिक्षा क्षेत्रमा प्रविधिको दिगो प्रयोग र विस्तार।
इन्जिनियर न्यौपानेले जिल्लाका ६ वटा विद्यालयका कक्षा १० को कक्षाकोठाबाट सुरु गरिएको यस प्रयासलाई शिक्षक, विद्यार्थी तथा सहयोगी सबैको साथ, सहयोग र समर्थनले उत्साहित बनाएको जनाएका छन् । दस कक्षाको कक्षा कोठाका लागि प्रति विद्यालय एक थान ६५” को Smart Board ई. न्यौपानेको पहलमा निशुल्क उपलव्ध गराइनेछ। विजुली, इन्टरनेट, भौतिक संरचना, आवस्यकता अनुसार मर्मत सम्भार तथा आवस्यक जनशक्तिको व्यवस्थापन विद्यालयले गर्नुपर्नेछ भने Smart Board उपलव्ध गराउने, तालिम र जडान सहित दश कक्षाको लागि नेपाली, सामाजिक शिक्षा, अंग्रेजी, गणित र विज्ञान गरी ५ विषयको अनलाईन शैक्षिक सामाग्री (एक वर्षको लागि निशुल्क) र काठमाडौंका विद्यालयसंग समन्वय गर्ने कार्य इ. श्रीराम न्यौपाने मार्फत गरिने भएको छ।
यो कार्यक्रम तनहुँ मात्र होइन, सिङ्गो नेपालको शैक्षिक प्रणालीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन प्रेरणाको स्रोत बनोस्, अन्य सहयोगी व्यक्ति, संघ–संस्था तथा सरकारका लागि पनि सफलताको उदाहरण बन्न सकोस् भन्ने न्याैपानेले अपेक्षा गरेका छन् ।
प्रथम चरणमा स्मार्ट वोर्ड प्राप्त गर्ने विद्यालयहरु
१. श्री शिव सरस्वती मा वि, रिसिङ, रिसिङ -८
प्र अ- श्री नील कुमार श्रेष्ठ – ९८४२३९६१३५
अध्यक्ष – श्री धनबहादुर श्रेष्ठ – ९८५६०३३०८२
२. श्री सरस्वती मा वि, घिरिङ- ५
प्र अ – श्री पदमराज सिग्देल – ९८४६१३३५११
अध्यक्ष – श्री दीपक कुमार श्रेष्ठ – ९८०६६३०५९७
३. श्री मिन मा वि, थर्पु, म्याग्दे-४
प्र अ – श्री राजेन्द्र भण्डारी – ९८४६०६२२७१
अध्यक्ष – श्री दिलिप श्रेष्ठ- ९८५६०२९७०८
४. श्री पञ्चमुनिदेव मा वि, दुलेगौंडा, शुक्ला गण्डकी-४
प्र अ – श्री एकनारायण भण्डारी- ९८५६०६२२१०
अध्यक्ष – श्री सन्तोष श्रेष्ठ – ९८५६०३३७६०
५. श्री जनजुक्त शाही मा वि, साँगे, व्यास-५
प्र अ- श्री ज्ञानेन्द्र न्यौपाने – ९८४६४१६०५३
अध्यक्ष – श्री अच्युतराज काफ्ले – ९८४६०१०५५५
६. श्री सिद्धार्थ मा वि, किहुँ, भिमाद-१
प्र अ – श्री केशवराज तिमिल्सिना – ९८४६२३३८३४
अध्यक्ष – श्री दीपक आले – ९८५६०७२५०१
यस्तै प्रति विद्यालय एकजना कम्प्युटर शिक्षकसमेत आजकाे तालिम कार्यक्रममा सहभागी हुने बताइएको छ ।



























