मंसिर २ गतेदेखि म्याग्देमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

मंसिर २ गतेदेखि म्याग्देमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

तनहुँको म्याग्दे गाउँपालिकाकाे आयोजनामा सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी मंसिर २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने भएको छ।

स्थानीय तह स्तरीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता म्याग्दे २ काे राधा माध्यमिक विद्यालयको खेलमैदान अम्रेनी मा हुनेछ। पालिका क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्रा सहभागी हुने यस प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र कराते (सितेरिया) लगायतका खेलहरू सञ्चालन गरिने म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page