राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पवित्रा मा वि लाई

राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पवित्रा मा वि लाई

बन्दीपुर गाउँपालिका द्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि पवित्रा माविले जितेको छ । पवित्राले उत्कृष्ट प्रदर्शन गर्दै १५ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको बन्दिपुर गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भानु माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित द्वितीय स्थान प्राप्त गर्न सफल भयो भने मनास्लु बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितामा भलिबल (छात्र–छात्रा) सहित एथलेटिक्सका विभिन्न स्पर्धाहरू — १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले, साथै फिल्ड इभेन्ट्स हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुटमा प्रतिस्पर्धा गरिएको थियो।

यस प्रतियोगितामार्फत विद्यार्थीहरूमा विकास भएको आत्मविश्वास, अनुशासन, नेतृत्व र खेलभावनाले भविष्यमा बन्दीपुरलाई अझ उज्यालो बनाउने बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page