आँबुखैरेनीमा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि रामशाह माविलाई
आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि रामशाह माविले जितेको छ । रामशाहले उत्कृष्ट खेल प्रदर्शन गर्दै १७ वटा स्वर्ण पदक, ६ वटा रजत पदक तथा २ वटा कास्य पदक जितेर प्रथम भएको हाे ।

यस्तै ५ वटा स्वर्ण पदक, १० वटा रजत पदक तथा ८ वटा कास्य पदक सहित मित्रता माध्यमिक विद्यालयले द्वितीय स्थान र ४ वटा स्वर्ण पदक, ५ वटा रजत पदक तथा ५ वटा कास्य पदक सहित फ्यूचर स्टार सेकेण्डरी बो.स्कूलले तृतीय स्थान हासिल गरेको छ ।



























