भानु नगरस्तरीय बिद्यालय शिक्षक भलिबल प्रतियोगितामा प्रभात मावि प्रथम
भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०८२ काे उपाधि प्रभात मावि भानु ६ सिम्पानीले जितेको छ ।
आइतबार भएकाे फाईनल खेलमा सरस्वती मावि भानु १२ घलेछापलाई २५-१६, २५ -१८ र २५- १७ काे साेझाे सेटमा हराउँदै प्रभातले उपाधि जितेको हाे । प्रथम हुने प्रभात माविले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने दाेस्राे हुने सरस्वती माविले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । सहभागी १५ वटा टिमहरू मध्ये त्रिभुवन माविले तृतीय स्थान हासिल गर्दै १५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गोठेरी खेलमैदानमा भानुका शिक्षकहरू VS भानु नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको संयुक्त टिम बीचमा मैत्रीपुर्ण भलिबल खेलकुद प्रतियाेगितामा कर्मचारी र जनप्रतिनिधिकाे टिमले ३-१ काे सेटमा शिक्षककाे टिमलाई हराएकाे छ ।
यसैगरी महिला शिक्षकहरु र विद्यालयका महिला कर्मचारी बीच भएकाे २०० मिटर दाैड प्रतियोगितामा जनसहयाेगी माविकी राेजिना प्रथम, हाेरालाे माविकी राधिका कुमाल र शान्ति आधारभूत विद्यालयकी निरुता विक तृतीय भएका छन् । प्रतियोगितामा प्रथम , द्वितीय र तृतिय पुरस्कार क्रमशः ३ हजार, २५ सय र २ हजार प्राप्त गरेका नगरपालिकाका शिक्षा तथा खेलकूद शाखाका प्रमुख उपसचिव ध्रुवराज पाैडेलले जानकारी दिए ।
नगर खेलकूद विकास समितिका संयाेजक एवं वडा नं ३ का वडा अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा भएकाे पुरस्कार वितरण समाराेहमा नगर उप-प्रमुख उमा गाेतामेले पालिकामा खेल क्षेत्रकाे विकासका लागि नगरपालिकाले याेजनाका साथ अघि बढिरहेकाे बताइन् ।



























