म्याग्दे गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



म्याग्दे गाउँपालिकाकाे प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम जामुनेमा सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकाद्वारा आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम तथा विकास आयोजना, सुशासन र सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे ।


उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, सरसफाइ व्यवस्थापन, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामले म्याग्दे गाउँपालिकालाई गन्डकी प्रदेशमै उत्कृष्ट बनाउन सफल भएको अध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामलाई प्राथमिकतामा राखि काम गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए ।

कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरु तथा वडा सचिवहरुले शाखाबाट सम्पादित कामहरुको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले विभिन्न विषयमा जिज्ञासा र सुझाव राखेका थिए । उठेका जिज्ञासाको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ , उपाध्यक्ष घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रष्ट पारेका थिए ।

























