शुक्लागण्डकी महिला उद्यमी संघले दुलेगौंडामा सातु उद्योग सञ्चालनमा ल्यायो
शुक्लागण्डकी महिला उद्यमी संघले दुलेगौंडामा सातु उद्योग सञ्चालनमा ल्याएको छ । समितिका पदाधिकारी र सदस्यहरु मिलेर करिव ३ लाख ५० हजार रुपैयाको लगानीमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको हालै एक कार्यक्रमकाबीच नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्दै शरिरलाई स्वस्थ्व राख्न स्थानीय उत्पादन उपयोग गर्न आग्रह गरे ।

उपप्रमुख खुम बहादुर विक राजुले उद्योगबाट उत्पादित सातु लगायतका खाद्यान्नहरु विद्यालय तहमा खाजाको रुपमा प्रयोग गर्न नगरले समन्वय गर्ने उल्लेख गरे । संयोजक सरस्वती गौतमले उत्पादित बस्तुलाई बजारिकरणकोलागि नगरले सहयोग गर्नुपर्नेमा जोड दिइन् । समिति अध्यक्ष तुलसी शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोशीला थापाले स्वागत र सचिव सपना पराजुलीले सञ्चालन गरेकी थिइन् । उद्योगमा सातुसँगै मकै, भट्टमास, गहुँ, फापर, कोदो लगायतको पिठो पाइन्छ ।


























