झुलबहादुर आले स्मृति प्रतिष्ठानले “नेपालमा ऋषिङकाे परिचय” पुस्तक प्रकाशन गर्ने

झुलबहादुर आले स्मृति प्रतिष्ठानले “नेपालमा ऋषिङकाे परिचय” पुस्तक प्रकाशन गर्ने


संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन स्थापना गरिएको झुलबहादुर आले स्मृति प्रतिष्ठानले नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन गर्न लागेकाे छ ।पुस्तक प्रकाशनकाे लागि यतिबेला प्रतिस्ठानका अध्यक्ष कमल बहादुर आलेले गाउँका पुराना इतिहास बाेकेका जेष्ठ नागरिक , बुद्धिजीवीहरूलाइ भेटेर छलफल तथा सुझाव संकलन गरिरहेका छन् ।

ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने गरि प्रकाशन गर्ने पुस्तक एउटा दस्तावेज हाेस् भन्ने उद्धेश्यले निकै मेहेनत गरेर काम अगाडि बढाएको उनलेे बताए ।अध्यक्ष आलेले ऋषिङ ७ का बुद्धिजीवी तथा अगुवा व्यक्तिहरूसँग त्यहाँको संस्कृति , इतिहास र समग्र ऋषिङकाे महत्त्वकाे बारेमा राय ,सल्लाह , सुझाव माग गरेकाे भन्दै धेरै बिषय प्राप्त भएको र दस्तावेज संकलन अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखिएको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्थाकाे लागि प्रयाेग गरिने आलेले बताए । प्रतिष्ठानले दसैको अवसर पारेर ६ जनालाई खाद्यान्न वितरण गरेको , स्वास्थ्य शिविर आयाेजना गरेको प्रतिष्ठानका अध्यक्ष एवम् स्वर्गीय झुलबहादुर आलेका कान्छा छाेरा कमल बहादुर आलेले जानकारी दिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page