कांग्रेस तनहुँ २ मा आकांक्षा व्यक्त गर्नेमा भण्डारी , थापा , खनाल , पाैडेल र पराजुली
प्रतिनिधिसभा निर्वाचनका लागि काङ्ग्रेस तनहुँले आकाङ्क्षीको नामावली सङ्कलन सुरु गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँमा आकांक्षा व्यक्त गर्दै क्षेत्रिय समितिमा उम्मेदवारी दर्ता गर्नेहरूमा प्रत्यक्षतर्फ क्षेत्र नं २ बाट केन्द्रीय सदस्यहरू शंकर भण्डारी , प्रदीप पौडेल , आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली , क्षेत्रीय सभापति चुडामणि खनाल र चामबहादुर थापा रहेका छन्।

समानुपातिक तर्फ भने माया राना र इन्दिरा खनालको नाम दर्ता भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि सोमबार दिउँसो २ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय समितिले जनाएको छ ।


























