कांग्रेस तनहुँ १ मा उम्मेदवार हुन आकांक्षा राख्नेमा दर्जन भन्दा बढी
प्रतिनिधिसभा निर्वाचनका लागि काङ्ग्रेस तनहुँले आकाङ्क्षीको नामावली सङ्कलन सुरु गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँमा आकांक्षा व्यक्त गर्दै क्षेत्रिय समितिमा उम्मेदवारी दर्ता गर्नेहरूमा दर्जन बढी रहेका छन् ।प्रत्यक्षतर्फ तनहुँ क्षेत्र नं १ बाट आकांक्षा राख्नेमा केन्द्रीय सदस्यद्धय शंकर भण्डारी र गोविन्द भट्टराई तथा डा. जगदिशचन्द्र पोखरेल, रामचन्द्र पोखरेल ,उदयराज गौली ,दिपक भट्टराई , रेशम गुरुङ, सरिता गुरुङ र उद्धव पौडेल रहेका छन् । त्यस्तै समानुपातिक तर्फ समुन्द्र गोदार ,पवित्रा देवी पौडेल , चिनु पोखरेल, यमुना वि.क (दलित कोटा तर्फ) ,हरिदत्त पौडेल, ओजराज पौडेल ,डोवाटे वि.क. , प्रकाश पन्थले (अपाङगता तर्फ) ,गोविन्द ढकाल र एलिजा ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा तर्फ भने लक्ष्मी आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि सोमबार दिउँसो २ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय समितिले जनाएको छ ।


























