समानुपातिकमा उम्मेदवारी दर्ता गरेकी चिजाकाे राजनीतिक यात्रा !

समानुपातिकमा उम्मेदवारी दर्ता गरेकी चिजाकाे राजनीतिक यात्रा !

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस तनहुँबाट आकांक्षीहरूकाे नामावली संकलनकाे काम भइरहेको छ । जिल्लाका दुइवटै क्षेत्रमा नामावली संकलन भइरहँदा क्षेत्र नं १ मा समानुपातिक तर्फ महिला नेतृ चिजा श्रेष्ठले आफ्नाे नाम दर्ता गरेकी छन् । २०५४ सालमा गोरखा धुवाकोट गा.वि.स.को ने.का. पार्टी सभापति बनेकी श्रेष्ठ त्यसपछि आवुखैरेनी गा वि स महिला संघ सभापति बनेर नेतृत्व सम्हलेकी पुरानो नेतृमा पर्दछिन् ।
पार्टीमा निरन्तर याेगदान दिँदै निष्ठाकाे राजनीति गरेकी श्रेष्ठले पार्टीको १२ औ महाधिवेशनमा तनहुँ क्षेत्र नं.१ को क्षेत्रीय सदस्य बनेकी थिइन् । यस्तै १३ औ महाधिवेशनमा तनहुँ जिल्ला सदस्य हुँदै कांग्रेसको भातृ संगठन नेपाल भूतपूर्व सैनिक संघको निर्वाचित केन्द्रीय सदस्य तथा महिला विभागको केन्द्रीय अध्यक्षकाे जिम्मेवारी श्रेष्ठले सफलतापूर्वक निर्वाह गरिसकेकी छन् ।


यस्तै नेपाल आदिवासी जनजाति महासंघको गण्डकी प्रदेश उप सभापति रहेकी श्रेष्ठले आवुखैरेनी गा.पा.को अध्यक्ष तथा उपाध्यक्षको पटक पटक दावी गरेपनि अवसर नपाएको र हाल सम्म कुनै किसिमको लाभको पद नपाउँदा पनि धैर्यताका साथ निरन्तर पार्टीमा जिम्मेवारी ढंगले लागि परिरहने नेतृका रूपमा परिचित छन् । यही अवस्थामा उनलेे फागुन २१ को प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक उम्मेद्वारको रुपमा प्रस्तुत भएकी र पार्टीले उचित मुल्याङ्कन गर्नेमा आफु विस्वस्त रहेको उनलेे जनाएकी छन् ।दुई दशकभन्दा बढी समयसम्म अविराम संगठनिक यात्रा, महिला सशक्तिकरणमा उल्लेखनीय योगदान र पार्टीप्रतिको निरन्तर समर्पणले चिजा श्रेष्ठलाई कांग्रेसको महत्वपूर्ण नेतृत्व तहमा स्थापित गराएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page