तनहुँ काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि ७ जनाको नाम दर्ता
तनहुँ कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि ७ जनाले इच्छा देखाउँदै नाम दर्ता गरेका छन् ।
संविधान सभासद ध्रुव वाग्ले , पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, पूर्व सचिव प्राडा कृष्णप्रसाद गौतमले आज र पूर्व सचिव लक्ष्मी आचार्यले हिजो राष्ट्रिय सभामा जान इच्छा देखाउदै नाम दर्ता गराएका हुन्।

यसैगरी, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, नेताहरु विद्या खनाल तथा नेता अर्जुन अधिकारी समेतले राष्ट्रिय सभा सदस्यमा पार्टी उम्मेदवार बन्न इच्छा देखाएको कांग्रेस तनहुँले जनाएको छ । राष्ट्रिय सभाका लागि २४ गते सम्म उम्मेदवारी दर्ता गर्न सकिने भएको छ ।


























