क्षेत्रीय सभापति माैरतीले गराए उम्मेदवारी दर्ता
नेपाली कांग्रेस तनहुँले आसन्न संघीय निर्वाचनमा इच्छुकहरुका लागि खुलाएको उम्मेदवारी दर्ता अन्तर्गत तनहुँ १ मा क्षेत्रीय सभापति श्याम माैरतीले आज नाम दर्ता गराएका छन् । माैरती सँगै महासमिति सदस्य पुरूषाेत्तम खनालले पनि नाम दर्ता गरेपछि इच्छुककाे संख्या ११ पुगेको छ ।

नेपाली कांग्रेस तनहुँले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ आइतबार क्षेत्रीय सभापति मौरती सँगै खनालले प्रतक्ष्यमा र मिरा जोशीले समानुपातिक तर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा नविन खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

























