मलाई सहयोग गरिदिनुस् , म बाँच्न चाहन्छु – बिरामी दिपक

मलाई सहयोग गरिदिनुस् , म बाँच्न चाहन्छु – बिरामी दिपक

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ गंगटे टाेल बस्ने बर्स ४२ का दिपक दुलाल एक बर्षदेखी कलेजो सम्बन्धि राेग लागेर गम्भीर अवस्थामा पुगेका छन् ।शरीरको एकदमै संवेदनशील अंगकाे रूपमा रहेको कलेजो सम्बन्धि बिरामीका कारण उनको पेट अस्वाभाविक रूपमा फुल्दै गएकाे छ ।

उनलेे अहिलेसम्म पद्मा नर्सिङ हाेम , मणिपाल , टिचीङ लगायत भक्तपुरकाे सहिद गंगालाल अस्पतालमा पुगेर उपचार गराइसकेका छन् । सबै अस्पतालमा गरेर अहिलेसम्म करिब ३५ लाख खर्च भएको र उक्त रकम जग्गा बेचेर जम्मा गरेको उनलेे बताए । अब अन्तिम बिकल्प भनेको कलेजाे प्रत्यारोपण भएको डाक्टरले बताएको र त्यसका लागि ४० लाख जति लाग्ने उनलेे बताए । ठुलो रकम लाग्छ , तर पैसा छैन , म बाँच्नकाे लागि याे पैसा जुटाउन पर्ने हुन्छ , म बाँच्न चाहन्छु उपचारको लागि सहयोग गरिदिनुस् उनलेे सबैमा अपिल गरेका छन् । उनको हर्निया फुटेर अहिले झनै जटिल बनेको छ । हप्ता दिनमा अस्पताल गइरहन पर्ने र एउटा औषधी चलाउँदा १० हजार लाग्ने उनलेे जानकारी दिए ।

कलेजो प्रत्यारोपण एउटा जटिल शल्यक्रिया हो, जसमा रोगी वा क्षतिग्रस्त कलेजोलाई शरीरबाट निकालेर त्यसको स्थानमा स्वस्थ कलेजो प्रत्यारोपण गरिन्छ । कलेजो प्रत्यारोपणपछि बिरामी निको हुने विभिन्न चरण हुन्छ । प्रत्यारोपणपछि बिरामी सातदेखि १४ दिनसम्म अस्पतालमा बस्नुपर्ने हुने डाक्टरले बताएका छन् । त्यसपछि बिरामीको अवस्था हेरेर डिस्चार्ज हुने र डिस्चार्जपछि हप्तैपिछे फलोअपको लागि अस्पताल जानुपर्ने हुन्छ ।
प्रत्यारोपण भइसकेपछि बिरामीलाई तीन-तीन महिनाको एकचोटि फलोअप गर्नुपर्छ । यी सबै प्रक्रियामा बिरामीलाई खर्च ठुलो लाग्ने गर्दछ ।
यता बिरामी दिपककि श्रीमती लक्ष्मी दुलालले श्रीमानलाइ बचाउन आफुले कलेजाे दिन लागेको बताइन् । मेरो कलेजाे दिएर श्रीमानकाे ज्यान बच्छ भने म किन नदिनु उनलेे भनिन् । अब पैसाको व्यवस्था गर्न सके चाडैं श्रीमानलाइ उपचार गर्न लाने र सन्चो बनाएर ल्याउने उनको चाहना छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page