तनहुँमा भएको सवारी दुर्घटनामा स्याङ्जा पुतलीबजारका थापाको मृत्यु
तनहुँकाे म्याग्दे गा.पा. ६ मौरीओढार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा दमौलीबाट खैरेनीटार तर्फ आउँदै गरेको ग १ ख ९४०६ नं. को बस र विपरित दिशा तर्फ जाँदै गरेको GANDAKI AAB 0186 नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालककाे मृत्युु भएको छ । मृत्युु हुनेमा स्याङ्जा पुतलीबजार न.पा.७ भारकोट बस्ने बर्ष ५१ को लेश बहादुर थापा रहेको प्रहरिले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भई उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा पठाएकोमा उपचारको क्रममा उनको मृत्युु भएको हाे । प्रहरीले दुबै सवारी साधन र बस चालक स्याङ्जा आँधीखोला गा.पा.५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने बर्ष ५१ को चुडामणी शर्मा पोख्रेललाइ इ.प्र.का. बेलचौताराको नियन्त्रणमा राखेको जनाएको छ ।


























