नेकपा एमालेकाे नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै , तनहुँबाट केन्द्रीय सदस्यमा ८ जनाको उम्मेदवारी

नेकपा एमालेकाे नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै , तनहुँबाट केन्द्रीय सदस्यमा ८ जनाको उम्मेदवारी

नेकपा एमालेको नयाँ नेतृत्वको लागि आज दिउँसो देखि निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोख्रेलले प्यानल सहितको उम्मेदबारी दर्ता गराएका छन् । उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, भिम आचार्य लगायतले उम्मेदबारी दिएका छन् ।
त्यस्तै एमालेको शक्तिशाली महासचिव पदमा ओली समुहबाट वर्तमान महासचिव शंकर पोख्रेल र पोख्रेल समुहबाट वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेको उम्मेदबारी परेको छ । त्यसैगरि उपमहासचिवमा लेखराज भट्ट, विष्णु रिमाल, रघुविर महासेठ, योगेश भट्टराई, राजेन्द्र गौतम, आनन्द पोख्रेल लगायतले उम्मेदबारी दिएका छन् । त्यस्तै सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यमलाल कडेंल, राजन भट्टराई, महेश बस्नेत, शेरधन राई, हिक्मत कार्की, गोकुल बास्कोटा, रचना खड्का, इन्द्रलाल सापकोटा लगायतले उम्मेदबारी दिएका छन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यको लागि तनहुँका किरण गुरुङ, केदार सिग्देल, प्रतापलाल श्रेष्ठ, भगवती न्यौपाने, किसान श्रेष्ठ, विष्णुभक्त सिग्देल, पुर्णबहादुर गुरुङ र सोभा गुरुङले उम्मेदबारी दिएका छन् । उपाध्यक्षको आकांक्षी रहेका किरण गुरुङ तथा किसान श्रेष्ठले खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदबारी दिएका छन् । केदार सिग्देल र विष्णुभक्त सिग्देलले गन्डकी प्रदेशको भुगोलबाट, भगवती न्यौपानेले खुल्ला महिला तर्फबाट, प्रतापलाल श्रेष्ठ र पुर्ण बहादुर गुरुङले आदिवासी जनजाती समुहबाट र सोभा गुरुङले जनजाती महिला समुहबाट उम्मेदबारी दिएका हुन् । त्यसैगरि केन्द्रीय लेखा आयोगको सचिवमा तनहुँका शिव अधिकारीले उम्मेदबारी दिएका छन् । किसान श्रेष्ठ हाल बारा जिल्लाबाट राजनीति गर्दै आएका छन् ।
यस अघि एमालेको पोलिट्व्युरो सदस्य रहेका तनहुँका टुकराज सिग्देल तथा केन्द्रीय सदस्य सविता रसाईलीले भने कुनै पनि पदमा उम्मेदबारी दिएका छैनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page