मुग्लिन–पोखरा खण्डअन्तर्गत व्यास ३ दुर्गा मन्दिर नजिक भासिएकाे सडक मर्मत कार्य सुरु
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक दुई लेनको झण्डै एक सय मिटर सडक भासिएपछि मर्मत कार्य थालिएको छ ।
चार लेनको सडकमध्ये तलबाट उठाइएको तर्फकाे दुई लेनको सडक खण्ड चर्किएर भासिएपछि मर्मत कार्य थालिएको हो ।
गत साउनको अन्तिम साता चर्किएको सडक चार महिनापछि मर्मत कार्य धमाधम भइरहेको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
“उक्त खण्डमा सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ,छिट्टै दुईतर्फी संचालनमा ल्याउने गरी काम भइरहको छ ।”

सडक भासिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।


























