हतियारसहित आँबुखैरेनीबाट युवक पक्राउ

हतियारसहित आँबुखैरेनीबाट युवक पक्राउ


तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँअन्तर्गत अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलीले मिति २०८२ साल पुस ४ गते बिहान करिब ३ः१० बजे सवारी साधन तथा यात्रुहरू चेकजाँच गर्ने क्रममा बारा जिल्लाको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार एक युवकलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

चेकजाँचका क्रममा जिल्ला बारा, सुवर्ण गाउँपालिका–१ निवासी अन्दाजी १९ वर्षीय ओम बाबु प्रसाद यादवले लुकाईछिपाई ल्याएको अवस्थामा छोटो हतियार (कटुवा पेस्तोल) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page