जनसेवा सहकारी थर्पुको साधारणसभा तथा अधिवेशन सम्पन्न

जनसेवा सहकारी थर्पुको साधारणसभा तथा अधिवेशन सम्पन्न


जनसेवा सहकारी संस्था लिमिटेड थर्पुको वार्षिक साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दुर्गाबहादुर अधिकारीकाे अध्यक्षतामा भएको साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , सुप्रिम सहकारीका संस्थापक अध्यक्ष मुरलीमाेहन वाग्ले , जामुने बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ , गाेविन्द घिमिरे , निलबहादुर थापा , कृष्णहरि वाग्ले , तिर्थनारायण मल्ल , पानु श्रेष्ठ , जितराज राना लगायतका वक्ताहरूले बाेलेका थिए ।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै छलफल गरिएको थियो। सभाले प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सहकारीको सेवा विस्तार, किसान लक्षित कार्यक्रम, तथा आर्थिक अनुशासनलाई थप सुदृढ बनाउने विषयमा सुझावहरू आएका थिए।
साधारणसभाको अन्त्यमा सहकारीको समग्र विकासमा योगदान पुर्‍याउने जेष्ठ शेयर सदस्यहरू लक्ष्मी पाेख्रेल , निर्मला वाग्ले , गगन बहादुर मगर र गाेविन्द राज घिमिरे तथा असल काराेवारी सुर्य सार्कीलाई सम्मान गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page