रास्वपा व्यास–१ को वडा अधिवेशन सम्पन्न, अर्जुनको अध्यक्षतामा वडा समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरपालिका–१ को वडा अधिवेशन नगर सभापति चूडामणि दाहालको सभापतित्वमा तथा जिल्ला सभापति विश्वनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
अधिवेशनले अर्जुन रानाभाटको अध्यक्षतामा नयाँ वडा समिति चयन गरेको छ। समितिको उपसभापतिमा विष्णु माया मल्ल र सचिवमा नवराज पौडेल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा राजकुमार श्रेष्ठ, सिद्धबहादुर चन्द, चिनबहादुर भण्डारी, हस्तबहादुर सार्की, कलावती सापकोटा, मानसिंह दरै, तारा माया राना र एकवाल हुसेन खान चयन भएका छन्।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि जिल्ला सभापति विश्वनाथ बास्तोलाले पार्टी संगठन सुदृढीकरणमा नयाँ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। नगर सभापति चूडामणि दाहालले नवनिर्वाचित वडा समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।


























