छङ्गेली नेवा खलकाे अधिवेशन सम्पन्न , अध्यक्षमा कायस्थ

छङ्गेली नेवा खलकाे २० औ साधारणसभा तथा ८ औ अधिवेशन एवम् गुठी पुजा सम्पन्न भएको छ । अधिवेशनले चन्द्रकुमार कायस्थकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा नारायण मल्ल , सचिवमा डिक्सन मल्ल , काेशाध्यक्षमा मन नारायण श्रेष्ठ , सहसचिवमा हर्षनारायण कायस्थ र सहकाेषाध्यक्षमा श्याम मल्ल चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा विष्णुकुमार श्रेष्ठ , घनश्याम मल्ल , विरेन्द्र मल्ल , हरि कायस्थ र सत्यनारायण मल्ल चयन भएका छन् ।
त्यसअघि कार्यक्रममा समाजका क्याप्टेन सुर्जकुमार मल्ल , चुडालाल मल्ल , इमकुमार मल्ल , शेरकुमार कायस्थ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।


























