विश्व ध्यान दिवस दमाैलीमा भव्य रूपमा सम्पन्न
विश्व ध्यान दिवस–२०२५ (विश्व ध्यान दिवस–२०८२) को अवसरमा दमौलीमा भव्य तथा सभ्य कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गर्नुभएको थियो।
प्रमुख जिल्ला अधिकारी श्रीमान् रामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, योग साधनाका गुरुहरू, विद्यार्थीहरू तथा सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा जीवन विज्ञानका गुरु अमर भण्डारी र पतञ्जली योगकी प्रशिक्षक यमुना दिदीले ध्यानको महत्वबारे चर्चा गर्दै योग अभ्यास गराउनुभएको थियो।
कार्यक्रमको सञ्चालन प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीका डा. नारायण श्रेष्ठले गर्नुभएको थियो।



























