राष्ट्रिय साइकलिङ प्रतियोगितामा म्याग्दे ४ का साैगात द्धितीय

राष्ट्रिय साइकलिङ प्रतियोगितामा म्याग्दे ४ का साैगात द्धितीय

तनहुँको म्याग्दे गाउँपालिका–४, घुम्तीका साैगात आछामीले राष्ट्रिय स्तरको साइकलिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। काठमाडौंमा बसोबास गर्दै अध्ययनरत आछामीले हालै सम्पन्न राष्ट्रिय साइकलिङ खेलकुद प्रतियोगिता (जुनियर) मा सहभागिता जनाउँदै दोस्रो स्थान हासिल गर्न सफल भएका हुन्।
यसअघि पनि विभिन्न साइकलिङ प्रतियोगितामा सहभागिता जनाइसकेका आछामी निरन्तर अभ्यास र मेहनतका कारण यो सफलतामा पुग्न सकेका हुन्।

ग्रामीण क्षेत्रबाट राष्ट्रिय स्तरसम्मको यो उपलब्धिले स्थानीय युवाहरूलाई खेलकुदप्रति प्रेरणा दिएको छ।
आछामीले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै देशका लागि खेल्ने लक्ष्य रहेको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page