पृथ्वीराजमार्गमा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको सचेतना अभियान
ट्राफिक सचेतना अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी तनहुँले पृथ्वीराजमार्गमा साप्ताहिक कार्ययोजना लागू गरेको छ। तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना रोकथामलाई लक्षित गर्दै तनहुँ जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत सवारी चालक तथा यात्रुहरूलाई गति नियन्त्रण, ट्राफिक नियम पालना, हेलमेट तथा सिट बेल्टको प्रयोग, र सुरक्षित सवारी सञ्चालनसम्बन्धी जानकारी दिइएको थियो। ट्राफिक प्रहरीले पृथ्वीराजमार्गमा दुर्घटनाको जोखिम उच्च रहेकाले नियमित रूपमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, तीव्र गति र ट्राफिक नियमको उल्लङ्घन नै दुर्घटनाका मुख्य कारण रहेकाले सचेतना कार्यक्रममार्फत सुरक्षित यात्राको सन्देश प्रवाह हरेक दिन गरिनेछ।



























