“मन्दिर दर्शनपछि घरदैलो: भगवती न्यौपानेले चुनावी ढोका नै खोलीन्!”
प्रतिनिधिसभा सदस्य तनहुँ–१ की नेकपा (एमाले) उम्मेदवार भगवती न्यौपानेले आफ्नो चुनावी अभियान थानीमाई मन्दिरबाट सुरु गरेकी छन् । मन्दिर दर्शन पश्चात् उनलेे घरदैलो अभियानलाई तिव्र बनाएकी छन्। मनोनयन दर्ता पश्चात आस्थाको केन्द्र थानीमाईलाई साक्षी राख्दै मन्दिर दर्शन गर्नुले उनको राजनीतिक यात्रामा जनभावना र सांस्कृतिक आस्थाप्रति सम्मान झल्काएको छ।
पूर्व मन्त्री समेत रहेकी न्यौपानेले जनताको विश्वास, आशीर्वाद र साथ लिएर सेवा र विकासको नयाँ अध्याय सुरु गर्ने संकल्प व्यक्त गरिन्। “राजनीति पदका लागि होइन, जनताको जीवनमा परिवर्तनका लागि हो,” उनले भनिन् ।
भानु र व्यास नगरपालिकाका गाउँ–बस्तीमा घरदैलो भेटघाट गर्दै न्याैपानेले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीमा केन्द्रित योजना प्रस्तुत गरिरहेकी छन्। बिहीबार पत्रकार सम्मेलनमा पनि उनले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरिन् र समावेशी नेतृत्वमा दृढ प्रतिबद्धता देखाएकी छन्।

यता उनको घर दैलाे अभियानमा स्थानीय बासिन्दाहरू अनुभवी नेतृप्रति उत्साहित देखिएका छन् । मन्दिरको शान्ति र घरदैलोको जीवंत संवादबीच भगवती न्यौपानेको अभियानले राजनीतिमा नयाँ रङ थपेको छ। उनलेे चुनाव भरि तनहुँ नछाड्ने समेत बताएकी छन् ।



























