दमौली बजार इकाईको सचिवमा सिम्रन चन्द मनाेनीत , महिला उद्यमशीलताको नयाँ ऊर्जा
दमौली । दमौली बजार इकाईको सचिव पदमा लोकप्रिय महिला उद्यमी सिम्रन चन्द ठकुरी मनोनित भएकी छन्। तनहुँ उद्योग वाणिज्य संघ दमौलीका सभापति शेषराज श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले चन्दलाई सर्वसम्मत रूपमा सचिवमा मनाेनित गर्ने निर्णय गरेको हो।
उद्यमशीलता, सक्रियता तथा सामाजिक सहभागिताका कारण परिचित चन्दको जिम्मेवारीसँगै दमौली बजार इकाई अझ गतिशील र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। उनको मनोनयनलाई स्थानीय व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।

गत २३ गते सम्पन्न तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको निर्वाचनमा शेषराज श्रेष्ठ सभापतिमा निर्वाचित भएका थिए। उक्त निर्वाचनका क्रममा सिम्रन चन्दले श्रेष्ठलाई खुलेर सहयोग गरेकी थिइन्। त्यसयता सचिव पदमा चन्दको नाम चर्चामा रहँदै आएको थियो। यस्तै बैठकले सहसचिवमा ठाकुर प्रसाद पाैडेल , सहकाेशाध्यक्षमा रजिम मिया , महिला सदस्यमा अप्सरा राना र सदस्यमा पुष्प श्रेष्ठ मनाेनित भएका इकाई सभापति शेषराज श्रेष्ठले जानकारी दिए । नयाँ कार्यसमितिको पदस्थापन समेत आजनैँ भएको थियो ।



























