तनहुँबाट सहभागी टोलीसहित पाेखरामा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु
पाेखरा, ९ माघ — कास्की व्याडमिन्टन संघले आयोजना गरेको दोस्रो पाेखरा मेयर कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८२ शुक्रबारदेखि पाेखरामा सुरु भएको छ।
प्रतियोगितामा तनहुँका म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका कर्मचारीहरूले सहभागिता जनाएका छन्। म्याग्दे गाउँपालिकाबाट प्रदिप न्यौपाने, आकाश गुरूग, शभ्भु पौडेल र राज श्रेष्ठ को टोलीले भाग लिएको छ भने व्यास नगरपालिकाबाट कुमार कन्चन जिसी र कृण्ण घिमिरे खेलमा सहभागी छन्।

देशभरका कर्मचारी र जनप्रतिनिधिहरू पनि प्रतियोगितामा सहभागी भएका छन्। फाइनल खेल शनिबार आयोजना हुने व्याडमिन्टन संघले जनाएको छ।

























