राष्ट्रिय मावि भानु–११ मयाखुमा ६३औं वार्षिकोत्सव तथा २७ औं अभिभावक दिवस सम्पन्न

राष्ट्रिय मावि भानु–११ मयाखुमा ६३औं वार्षिकोत्सव तथा २७ औं अभिभावक दिवस सम्पन्न


तनहुँ – श्रीपञ्चमीको अवसरमा श्री राष्ट्रिय माध्यमिक विद्यालय, भानु–११, मयाखुले आफ्नो ६३औं वार्षिकोत्सव र २७औं अभिभावक दिवस अत्यन्तै भव्य, सभ्य र उल्लासपूर्ण रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय थापाको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई सहायक प्रधानाध्यापक दुर्गा बहादुर थापा र विद्यार्थीहरू प्रवेश राउत, श्रुतिका मिश्र र सुशान्त भण्डारीले स्वागत गरेका थिए। साथै प्रधानाध्यापक देवेंद्र थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि अशोक कुमार श्रेष्ठ, विशेष अतिथि भानु न.पा. उपप्रमुख उमा गोतामे, वि.वय.स. सदस्य राम कुमार श्रेष्ठ, शिक्षक महासंघ भानु न.पा. अध्यक्ष उपेन्द्र बिष्ट, नेपाल शिक्षक संघ लमजुङ अध्यक्ष सूर्य बहादुर के.सी., ने.का.सुन्दरबजार नगर कमिटी सभापति प्रकाश सेढाई, भूपू विद्यार्थी समाजका अध्यक्ष रेशम थापा, वेद स्मृति फाउन्डेसन सुन्दरबजार ६ संस्थापक निर्मल के.सी., पूर्व वि.व्य.स. अध्यक्ष रुद्र बोहरा लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।


यसैगरी, विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउनु हुने अक्षयकोष संस्थापक, दाताहरू, पुरस्कारदाता, समाजसेवी, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयले कार्यक्रममा योगदान दिने सबै प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, कलाकार, सुरक्षाकर्मी, पत्रकार, अभिभावक, शिक्षक–विद्यार्थी र शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गरेको छ र भावी दिनहरूमा समेत सहयोग र समर्थनको पूर्ण अपेक्षा व्यक्त गरेको छ। उक्त कार्यक्रममा शिक्षक अर्जुन बहादुर के.सी.ले कार्यक्रम संचालन र उद्घोषणा गर्नु भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page