वाणिज्य संघ डुम्रे इकाइ सभापति श्रेष्ठले १० प्रतिशत घरभाडा घटाए !

वाणिज्य संघ डुम्रे इकाइ सभापति श्रेष्ठले १० प्रतिशत घरभाडा घटाए !


माघ २५, डुम्रे
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाइका सभापति दीपक श्रेष्ठले आफ्ना घरका सटर तथा कोठाको भाडा १० प्रतिशतले घटाएका छन्। केही समयअघि मात्र निर्वाचित सभापति श्रेष्ठले हाल देखिएको आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू मर्कामा परेको भन्दै भाडा घटाउने निर्णय गरेका हुन्।


इकाइअन्तर्गत रहेका सदस्यहरू तथा सम्पूर्ण घरधनीहरूलाई पनि सटर तथा कोठाको भाडा घटाउन आग्रह गरिने तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाइका उपाध्यक्ष महेन्द्र शाहीले जानकारी दिनुभयो। उद्योग वाणिज्य संघमार्फत पहल गरी व्यवसायीहरूलाई राहत दिलाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page