दमौलीका बलराम: मेहनतको प्रतिफल, सौराहामा भव्य सम्मान!

दमौलीका बलराम: मेहनतको प्रतिफल, सौराहामा भव्य सम्मान!

दमौली – पहिले बिदेश बसेर अनुभव संकलन गरेका, कृषक र गाईपालकका रूपमा मेहेनत गर्ने बलराम अब आफ्नो अथक प्रयास, लगनशीलता र दृढ सङ्कल्पको कारण क्रेस्ट माइक्रो लाइफ दमौली ब्रान्चमा सबैभन्दा बढी प्रिमियम बनाएर स्किममा क्वालिफाइट हुन सफल भएका छन्।
बलरामले आफ्नो पेशागत यात्रामा कहिल्यै हार नमान्ने देखाउँदै, दैनिक जीवनमा कृषक र गाईपालकका रूपमा आफ्नो जिम्मेवारी निभाउँदै गर्दा कम्पनीका लागि उल्लेखनीय प्रिमियम उत्पादन गर्न सफल भएका हुन्। उहाँको यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, समुदाय र ब्रान्चको गौरवको उदाहरण पनि बनेको शाखा प्रमुख सुनिता थापाले बताइन् ।
उहाँको मेहनतको सम्मानस्वरूप, बलरामलाई सौराहा २ रात ३ दिनको भव्य “एजेन्सी जलपान कार्यक्रम” मा सहभागी हुने अवसर प्रदान गरिएको छ। यस कार्यक्रममा घुमफिर मात्र नभई, सफलताको उत्सव मनाउने, नयाँ अनुभव सिक्ने र आगामी लक्ष्यतर्फ थप ऊर्जा प्राप्त गर्ने अवसर पनि उपलब्ध हुनेछ।


दमौली ब्रान्चका प्रबन्धक थापाका अनुसार, “बलराम जस्ता मेहेनती युवा समाज र कम्पनी दुवैका लागि प्रेरणाको स्रोत हुन्। उहाँले देखाएको लगनशीलता र समर्पण अरू सबैका लागि उदाहरणीय छ।”
बलरामको यो सफलता कडा मेहनत, दृढ संकल्प र निरन्तर प्रयासको जीवित प्रमाण बनेको छ, र उहाँको सम्मानमा आयोजना हुने सौराहा भ्रमण आगामी पुस्ताका लागि प्रेरणादायी कथा बन्ने निश्चित छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page