बन्दीपुरमा चौथो अध्यक्ष कप सम्पन्न , फुटबलमा वडा नं ६ र भलिबलमा वडा नं ३ विजयी

बन्दीपुरमा चौथो अध्यक्ष कप सम्पन्न , फुटबलमा वडा नं ६ र भलिबलमा वडा नं ३ विजयी


बन्दीपुर, तनहुँ – माघ २५:
तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको चौथो अध्यक्ष कप २०८२ सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र गाउँ खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा फुटबलमा वडा ६ ‘ए’ र भलिबलमा वडा ३ ‘ए’ विजयी भएका छन्।
विजेता दुवै टिमलाई नगद रु ६६,६६६, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। फुटबलतर्फ वडा २ ‘बी’ र भलिबलतर्फ वडा ६ ‘बी’ दोस्रो भएका छन् भने तेस्रो स्थान फुटबलमा वडा ४ ‘ए’ र भलिबलमा वडा ६ ‘ए’ ले प्राप्त गरेका छन्।


व्यक्तिगत पुरस्कारमा भलिबलतर्फ उत्कृष्ट स्पाइकर माधव कुँवर (वडा २), उत्कृष्ट सेटर सुमन सुनार (वडा ३ ‘ए’), उत्कृष्ट खेलाडी उमेश बिक (वडा ३ ‘ए’), हाइ स्कोरर प्रणाम थापा मगर (वडा ४), उत्कृष्ट गोलरक्षक अर्जुन मगर (वडा ६) र फुटबलतर्फ उत्कृष्ट खेलाडी सञ्जय गुरुङ (वडा ६) लाई सम्मान गरिएको थियो।
प्रतियोगिताको समापन कार्यक्रम गाउँ खेलकुद विकास समितिका अध्यक्ष रवि श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी विशिष्ट अतिथि र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछाने उपस्थित थिए। कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page