म्याग्दे गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण सम्पन्न

म्याग्दे गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण सम्पन्न


तनहुँ, म्याग्दे — म्याग्दे गाउँपालिकामा एचपीभी (HPV) खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत एचपीभी खोपको महत्व, प्रभावकारिता तथा लक्षित समूहमा खोप सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो।
गाउँपालिकाले फागुन ४ र ५ गते कक्षा ६ मा अध्ययनरत १३६ जना छात्रालाई एचपीभी खोप लगाउने तयारी गरेको जनाएको छ। एचपीभी खोप पाठेघरको मुखको क्यान्सर विरुद्धको प्रभावकारी खोप हो।
स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेका अनुसार विद्यालयसँग समन्वय गरी लक्षित सबै छात्रालाई खोप पहुँच पुर्‍याइनेछ। उनले खोप सुरक्षित र प्रभावकारी रहेको उल्लेख गर्दै अभिभावक तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो।

गाउँपालिकाले खोप अभियान सफल बनाउन शिक्षक, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायबीच सहकार्य बढाएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page