दमाैलीका कृष्ण आचार्य रास्वपामा प्रवेश
दमौली, तनहुँ।
व्यास–३, तनहुँ निवासी कृष्ण आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। नेपाली कांग्रेस परित्याग गर्दै उहाँ आज आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेबाट पार्टीको ब्याच ग्रहण गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गर्नुभएको हो।
वि.सं. २०४७ सालदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा संलग्न रहनुभएका आचार्यले रत्न राज्य लक्ष्मी क्याम्पस, काठमाडौं तनहुँ सम्पर्क समाज तथा आदिकवि भानुभक्त क्याम्पसमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
त्यसैगरी, उहाँ तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईकाे सभापति तथा तनहुँ चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रहनुभएकाे थियो ।

रास्वपामा रहेर सुशासन, पारदर्शिता र विकासका मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।


























