सनिवार तनहुँ आउने भनेका बालेन साह तनहुँ नझरी सुक्रबार राति नै पाेखरा पुगे !

सनिवार तनहुँ आउने भनेका बालेन साह तनहुँ नझरी सुक्रबार राति नै पाेखरा पुगे !


राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह शनिबार तनहुँ आउने भनिएपनी अन्तिम समयमा परिवर्तन भइ आजै राति पाेखरा गएपछि स्थानीय स्तरमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
देशव्यापी चुनावी दौडमा रहेका साह शनिबार तनहुँका विभिन्न स्थानमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको थियाे ।
यसअघि सार्वजनिक कार्यतालिका अनुसार साह शुक्रबार गोरखा आइपुग्ने र शनिबार लमजुङ पुगेर डुम्रे हुँदै तनहुँका कार्यकर्तासँग भेट गर्ने र त्यसपछि पोखरा जाने कार्यक्रम तय भएको थियो। तर, पछिल्लो जानकारी अनुसार साहले लमजुङको कार्यक्रमसमेत नगरी शुक्रबार साँझ करिब ८ बजे गोरखाबाट सिधै पोखरातर्फ प्रस्थान गरेका छन्।

तनहुँमा कार्यकर्ता तथा नेतासँग भेट नगरी सिधै पोखरा जानुलाई स्थानीय राजनीतिक वृत्तमा रहस्यमय ढंगले हेरिएको छ। कार्यक्रम किन परिवर्तन गरियो भन्ने विषयमा रास्वपा तनहुँ संगठन विभाग प्रमुख अनिल श्रेष्ठ सँग सम्पर्क गर्दा यसपटक बालेनकाे कुनै कार्यक्रम नभएको बताए । लमजुङ तनहुँ मा फागुनकाे दाेस्राे साता या १० गतेको आसपास कार्यक्रम हुनेगरी तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page