बन्दीपुर–६ काे अरूण माविमा अक्षयकोषदाता सिद्धान्त गर्जामगर सम्मानित
अरुण माध्यमिक विद्यालय को ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्व विद्यार्थी तथा अक्षयकोषदाता सिद्धान्त गर्जामगर सम्मानित भएका छन्।
विद्यालयमा अध्ययन गरी करिब २४ वर्षअघि SLC उत्तीर्ण गरेका गर्जामगरले आफ्ना स्वर्गीय हजुरबुबा–हजुरआमाको स्मृतिमा स्थापना गरेको रु. १ लाखको अक्षयकोषको उपजबाट योगदान पुर्याउँदै आएका छन्। सोही योगदानको कदर गर्दै विद्यालयले विशेष सम्मान प्रदान गरेको हो।
सम्मान ग्रहण गर्दै गर्जामगरले विद्यालयले दिएको शिक्षा, संस्कार र प्रेरणाले आफ्नो जीवन मार्गदर्शन गरेको उल्लेख गरे। साथै, समाज र राष्ट्रप्रति अझ जिम्मेवार, चिन्तनशील र रचनात्मक कार्यमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकले पूर्व विद्यार्थीहरूको योगदानले शैक्षिक विकासमा थप ऊर्जा मिलेको बताए।


























