एमाले उम्मेदवार न्यौपानेको चुनावी अभियान : १७ गते महिला शक्ति प्रदर्शन, भोलि दमाैलीमा घरदैलो

एमाले उम्मेदवार न्यौपानेको चुनावी अभियान : १७ गते महिला शक्ति प्रदर्शन, भोलि दमाैलीमा घरदैलो

तनहुँ–१ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ भगवती न्यौपाने यतिबेला आक्रमक चुनावी प्रचारप्रसारमा सक्रिय छिन्। इतिहास रच्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रेकी न्यौपानेले अभियानलाई थप सशक्त बनाएकी हुन्। यसै सिलसिलामा न्यौपानेले फागुन १७ गते दमाैलीमा महिलाहरूको बृहत् शक्ति प्रदर्शन तथा भेला आयोजना गर्दैछीन् । उक्त कार्यक्रममार्फत महिला सहभागिता र नेतृत्वलाई सशक्त रूपमा प्रस्तुत गर्ने तयारी गरिएको एमाले व्यास नगर सभापति तुलसी पाण्डेले बताए ।
“यो चुनाव महिलाका लागि ठूलो अवसर भएकोले “महिलाको आवाजलाई केन्द्रमा राखेर अभियान अघि बढाएकाे एमालेले जनाएकाे छ ।

प्रचारप्रसारकाे सिलसिलामा भोलि (बुधबार) दमाैली बजार क्षेत्रमा एमाले नेता किरण गुरूङको उपस्थितिमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरिने भएको छ। घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र योजनाबारे जानकारी गराइने जनाइएको छ।

न्यौपानेले गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएकी छन्। सामाजिक सञ्जाल र विभिन्न समुदायस्तरका कार्यक्रममार्फत पनि उनले आफ्नो अभियानलाई व्यापक बनाइरहेकी छन्।उनले आत्मविश्वास व्यक्त गर्दै भनिन्,यो जित केवल व्यक्तिगत सफलता होइन, महिला नेतृत्व र समाजमा सकारात्मक परिवर्तनको सुरुवात हुनेछ।”


तनहुँ–१ मा १७ गतेको महिला शक्ति प्रदर्शन र भोलिको घरदैलो कार्यक्रमले चुनावी माहोल थप तताउने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page