वाग्ले र न्याैपानेकाे बिचमा बस्दै रास्वपा नगरसभापति दाहालले भने “देश अब बदलिने दिशामा”

वाग्ले र न्याैपानेकाे बिचमा बस्दै रास्वपा नगरसभापति दाहालले भने “देश अब बदलिने दिशामा”

तनहुँ — तनहुँमा निर्वाचन प्रक्रिया सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ब्यास नगरसभापति चुडामणि दाहालले देश परिवर्तनको दिशातर्फ अघि बढिरहेको बताएका छन्।
दाहालले सामाजिक सञ्जालमार्फत दुई नेता तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले र क्षेत्र नं २ का उम्मेदवार ई श्रीराम न्याैपाने सँग बीचमा बसेको आफ्नो तस्बिर सार्वजनिक गर्दै “रा. स्व. पा. का दुई खम्बाको बीचमा, देश अब बदलिने दिशामा, अग्रिम शुभकामना” भन्ने सन्देश लेखेका हुन्।
उनले उक्त तस्बिरसहितको सन्देशमार्फत आगामी राजनीतिक अवस्थाप्रति आशावादी रहेको संकेत गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्बिर र सन्देशले समर्थक तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया पनि पाइरहेको छ।
तनहुँमा निर्वाचन सम्पन्न भएसँगै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत शुभकामना तथा धारणा सार्वजनिक गरिरहेका छन्। त्यसैक्रममा दाहालको उक्त अभिव्यक्ति पनि सार्वजनिक भएको हो।

रास्वपा पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेको नयाँ शक्तिका रूपमा हेरिएको छ, र विभिन्न स्थानमा पार्टीका नेताहरूले आगामी राजनीतिक परिवर्तनप्रति आशा व्यक्त गर्दै आएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page