तनहुँमा मतगणना सुरु रास्वपाकाे सुरूवाती अग्रता
तनहुँ — मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राति १ बजेदेखि मतगणना सुरु गरिएको हो भने क्षेत्र नं. २ मा भने आज बिहानबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ।
जिल्लामा कुल २ लाख ५४ हजार ३९७ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नं. १ मा १ लाख २६ हजार ८८२ र क्षेत्र नं. २ मा १ लाख २७ हजार ५१५ मतदाता रहेका छन्। जिल्लाभर करिब ५१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्र नं. १ को मतगणना –देवघाट ५ बाट सुरु गरिएको हो। प्रारम्भिक रूपमा गनिएको ४०० मतमध्ये घण्टी चुनाव चिह्न रहेको रास्वपाले १८५ मत प्राप्त गरेको छ भने रुख चुनाव चिह्न रहेको काङ्ग्रेस ले ९७ मत प्राप्त गरेको छ।
हालसम्म सार्वजनिक भएको विवरण अनौपचारिक रहेको छ।

देवघाट–५ का २,८२१ मतको गणना सम्पन्न भएपछि पहिलो आधिकारिक नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।


























