रा.स्व.पा.ले तनहुँका दुबै क्षेत्रमा सफलता हासिल गरेपछि सभापति बास्तोलाले दिए धन्यवाद
तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तनहुँ सभापति विश्वनाथ बास्तोला को नेतृत्वमा पार्टीका उम्मेदवारहरूले तनहुँका दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित गरेका छन्।
सभापति बास्तोलाले मतदाताको विश्वास र सहयोगका लागि आभार व्यक्त गर्दै यो जित केवल पार्टीको मात्र नभई सम्पूर्ण नेपाली जनताको जित भएको बताए। उनले निर्वाचनमा शान्तिपूर्ण मतदानमा सहभागी हुनुभएको सबै मतदाताप्रति धन्यवाद व्यक्त गरे।
उनले यो अवसरलाई जित–हारभन्दा बढी जिम्मेवारीको रूपमा लिएको भन्दै, पार्टीको केन्द्रीय निर्देशन अनुसार अबिर जात्रा वा विजय र्याली नगरिने र सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरे।
सभापति बास्तोलाले भने, “जेन्जी योद्धाहरूको बलिदानबाट प्राप्त अवसरलाई हामीले सुशासन र विकासका कार्यमा सदुपयोग गर्ने प्रतिबद्धता राखेका छौं।”

चुनावी परिणाम सार्वजनिक भइसकेको अवस्थामा कसैप्रति नकारात्मक टिप्पणी नगरी संयमित रहन सम्पूर्ण तनहुँवासीलाई अनुरोध गरिएको छ।


























