तनहुँबाट स्वर्णिम वाग्ले विजयीपछि ‘भावी अर्थमन्त्री’काे चर्चा : के तनहुँले अर्थमन्त्री पाउला?

तनहुँबाट स्वर्णिम वाग्ले विजयीपछि ‘भावी अर्थमन्त्री’काे चर्चा : के तनहुँले अर्थमन्त्री पाउला?

। तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले विजयी भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ—के अब तनहुँले अर्थमन्त्री पाउछ? चुनावी परिणाम सार्वजनिक भएसँगै वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा हेर्ने चर्चा राजनीतिक दल, विश्लेषक र सामाजिक सञ्जालमा तीव्र बनेको छ।
तनहुँ–१ मा वाग्लेले फराकिलो मतान्तरसहित जित हात पार्दै आफूलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली पात्रका रूपमा स्थापित गरेका छन्। उनले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गाेविन्द भट्टराई लाई ठूलो मतान्तरले पराजित गरेका थिए। यस परिणामलाई धेरैले “आर्थिक नीति नेतृत्वका लागि जनादेश” को रूपमा व्याख्या गरेका छन्।
चुनावअघि नै रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक कार्यक्रममा दिएको एउटा अभिव्यक्तिले अहिले थप चर्चा पाएको छ। लामिछानेले चुनावी सभामा वाग्लेलाई लक्षित गर्दै भनेका थिए—“डाक्टर साहब, अब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।” उनको उक्त भनाइलाई धेरैले रास्वपा सत्तामा पुगे वाग्ले अर्थमन्त्री बन्न सक्ने संकेतका रूपमा लिएका थिए।
डा. स्वर्णिम वाग्ले नेपालका चर्चित अर्थशास्त्री तथा नीति विशेषज्ञ मानिन्छन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन्। विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहिसकेका छन्। साथै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रमा आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका अनुभव उनीसँग छ।
लामो समय नेपाली कांग्रेससँग आबद्ध रहेका वाग्लेले २०७९ सालतिर कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। कांग्रेसभित्र नीति बहसभन्दा गुटबन्दी बढेको भन्दै उनले नयाँ राजनीतिक विकल्प खोज्ने निर्णय गरेको बताएका थिए। त्यसपछि रास्वपाबाट तनहुँ–१ को उपनिर्वाचन जित्दै उनी राष्ट्रिय राजनीतिमा नयाँ शक्ति बनेका हुन्।
राजनीतिक विश्लेषकहरूका अनुसार वाग्ले अर्थमन्त्री बन्ने सम्भावना बलियो छ।
रास्वपाभित्र पनि आर्थिक नीति निर्माणमा अग्रपंक्तिमा देखिने नेता वाग्ले नै मानिन्छन्। पार्टीभित्र अन्य प्रभावशाली नेताहरू भए पनि अन्तर्राष्ट्रिय अनुभव, आर्थिक नीति निर्माण र विकास योजनाको अध्ययनका हिसाबले वाग्ले फरक पहिचान बनाएका नेता हुन् ।
तनहुँबाट आएको यो परिणामलाई कतिपयले नयाँ पुस्ताको आर्थिक नेतृत्वको संकेतका रूपमा पनि व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा समेत “अब बजेट तनहुँबाट लेखिने हो” भन्ने टिप्पणीहरू भाइरल भइरहेका छन्।

रास्वपा तनहुँका जेनजी नेता सुजन रिमालले अबको अर्थमन्त्री स्वर्णिम वाग्ले हुने ठाेकुवा गरे । पार्टी सभापति रवि लामिछानेले यसअघि नैँ सार्वजनिक गरिसकेको बिषय भएकोले उहाँनैँ अबको अर्थमन्त्री भएको रिमालकाे भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page