सुशासन र प्रभावकारी कामको परिणाम: आँबुखैरेनी गाउँपालिका तनहुँमा उत्कृष्ट

सुशासन र प्रभावकारी कामको परिणाम: आँबुखैरेनी गाउँपालिका तनहुँमा उत्कृष्ट


तनहुँ — आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत गरिएको कार्यसम्पादन मूल्यांकनमा आँबुखैरेनी गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गरेको छ।
१७ वटा सूचकका आधारमा गरिएको उक्त मूल्यांकनमा गाउँपालिकाले ६७.०७ अंक प्राप्त गर्दै तनहुँ जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको हो।
यस उपलब्धिलाई गाउँपालिकाले प्रभावकारी कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा विकासमुखी कार्यक्रमहरूको परिणामका रूपमा लिएको छ। गाउँपालिकाका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, पारदर्शिता कायम गर्ने तथा विकास योजनालाई समयमै कार्यान्वयन गर्ने प्रयासले सकारात्मक नतिजा देखिएको हो।
गाउँपालिकाले यस सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page