तनहुँ २ का सांसद न्यौपानेकाे चुनाव खर्च २६ लाख !
तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित सांसद इन्जिनियर श्रीराम न्याैपननेले फागुन २१ मा सम्पन्न उपनिर्वाचनको चुनाव खर्च विवरण बुझाएका छन्।
न्यौपानेले निर्वाचनमा रु २६ लाख ७४ हजार २१९ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार हालसम्म तनहुँका ९ जना उम्मेदवारले आफ्नो चुनाव खर्च विवरण बुझाइसकेका छन्।

निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले तोकिएको समयभित्र आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।


























