चट्याङ्ग परेर तनहुँमा एक घरमा क्षति

तनहुँ जिल्लाको ऋषिङ गा.पा. वडा नं. ८ स्थित धारुङगैरीमा चट्याङ्ग पर्दा एक घरमा क्षति पुगेको छ ।चट्याङ्ग पर्दा कुनै प्रकारको मानविय र चौपायको क्षति नभएको र कच्ची घरमा मात्रै सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार विष्णु सारु को घरमा चट्याङ्गको प्रभाव परेको हो।


ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको छानामा सामान्य क्षति पुगेको बताइएको छ। साथै, घरको मिटर बक्स, दराज र दराजमा राखिएका कपडामा पनि क्षति भएको छ।


























