ऋषिङ्ग गाउँपालिका द्वारा विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान

ऋषिङ्ग गाउँपालिका द्वारा  विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान


ऋषिङ्ग गाउँपालिकाले संस्कृति संरक्षण र कृषि प्रदर्शनीसँगै सम्मान समारोह आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट कर्मचारीहरू, उपभोक्ता समितिहरू, शिक्षकहरू, र जेहेन्दार विद्यार्थीहरूलाई सम्मानित गरिएको छ।
समारोहमा गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापा, र प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाइले विभिन्न व्यक्तिहरूलाइ पुरस्कृत गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले समाजको समृद्धिमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्नको महत्त्वलाई औँल्याए।
सम्मानित हुने समूह र व्यक्तिहरूले आफ्नो मेहनत र समर्पणमार्फत गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका निभाएका छन्। उत्कृष्ट कर्मचारीहरूले प्रशासनिक सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको र शिक्षकहरूले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गरिएको छ।


कार्यक्रममा SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मानित गरियो, जसले गाउँपालिकाको नाम र प्रतिष्ठा बढाएको छ।
समारोहले समाजमा योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गर्ने महत्व र एकता प्रकट गरेको बताइएको छ, जसले भविष्यमा अझ धेरै योगदानकर्ताहरूलाई प्रेरित गर्ने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page