छाङ्गा बाराही मन्दिरमा आठाैं चैते दशैं मेला तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

छाङ्गा बाराही मन्दिरमा आठाैं चैते दशैं मेला तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै


तनहुँ, व्यास ।
“कला संस्कृतिको संरक्षण, हाम्रो दायित्व र पहिचान” भन्ने मूल नाराका साथ आठाैं चैते दशैं मेला–२०८२ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
छाङ्गा बाराही टोल विकास संस्थाको आयोजनामा उक्त मेला २०८२ साल चैत १२ र १३ गते व्यास–१० स्थित खहरे पिपलिङ्ग खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
मेलामा विविध सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिनेछन्। यस्तै विशेष आकर्षणका रूपमा बेजोड दोहोरी गीत प्रतियोगिता, विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन कार्यक्रम लगायतका गतिविधिहरू रहने स्थानीय रमाकान्त ढुंगानाले बताए ।
कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। साथै, स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा मेलाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको ढुंगानाले जानकारी दिए।


मेलामा सहभागी भई मनोरञ्जन लिन तथा सांस्कृतिक धरोहरको संरक्षणमा साथ दिन आयोजकले सबैलाई आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page