निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै तनहुँका एसपी कार्की सम्मानित

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै तनहुँका एसपी कार्की सम्मानित

गण्डकी प्रदेश प्रहरी कार्यालयले तनहुँ जिल्लाका प्रहरी प्रमुख (एसपी) टेकबहादुर कार्कीलाई सम्मान गरेको छ।
हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो। साथै जिल्लामा सुशासन कायम गर्न, शान्ति सुरक्षा मजबुत बनाउने र आफ्नो कर्तव्य तथा जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले उक्त सम्मान प्रदान गरेको जनाएको छ।
हालै आयोजित कार्यक्रममा एसपी कार्कीलाई नगद सहित सम्मान गरिएको थियो। कार्यक्रममा कार्कीको नेतृत्वमा तनहुँमा सुरक्षा व्यवस्थापन प्रभावकारी रहेको उल्लेख गरिएकाे थियो ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page