प्रधानमन्त्री बने बालेन शाह, केहीबेरमा सपथ — तनहुँका दुई नेता शक्तिशाली मन्त्रालयमा

प्रधानमन्त्री बने बालेन शाह, केहीबेरमा सपथ — तनहुँका दुई नेता शक्तिशाली मन्त्रालयमा

बालेन शाह लाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् भने आज दिउँसो १२.३४ बजे सपथ लिने तयारी छ । त्यसपछि नयाँ मन्त्रिपरिषद्ले सपथ लिने तयारी छ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को लगभग टुंगो लागिसकेको छ। यसपटक तनहुँका दुई प्रभावशाली नेता महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवस्थामा पुगेका छन्।
तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित स्वर्णिम वाग्ले अर्थमन्त्री बन्दैछन्। देशको आर्थिक नीति, बजेट तथा विकास योजनाको नेतृत्व गर्ने अर्थ मन्त्रालय उनको जिम्मामा जानेछ।
यस्तै, जिल्लाकाे भानु क्षेत्रसँग जोडिएका शिशिर खनाल लाई परराष्ट्रमन्त्री बनाउने निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक रणनीति सञ्चालन गर्ने भएकाले यसलाई पनि शक्तिशाली मन्त्रालय मानिन्छ।
अन्य सम्भावित मन्त्रीहरूको सूचीअनुसार सभामुखमा डोलप्रसाद अर्याल, कानुनमन्त्रीमा सोविता गौतम, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ, गृहमन्त्रीमा सुदन गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल रहने बताइएको छ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणेश पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अमरेश सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल, कृषि मन्त्रीमा गीता चौधरी, सञ्चारमन्त्रीमा बिक्रम तिमिल्सिना रहने चर्चा छ।
यस्तै दिपक साह लाई श्रममन्त्री, सस्मित पोखरेल लाई शिक्षामन्त्री, सिता बादी लाई महिला, बालबालिका मन्त्री तथा निशा मेहता लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीकाे लागि टुंगो लागेको स्रोतले जनाएको छ।

यद्यपि, यो सूची औपचारिक रूपमा घोषणा हुन बाँकी रहे पनि आज दिउँसो हुने सपथसँगै नयाँ सरकारले पूर्ण रूपमा कार्यभार सम्हाल्नेछ। तनहुँका दुई नेता अर्थ र परराष्ट्रजस्ता रणनीतिक मन्त्रालयमा पुग्ने अवस्था बनेपछि जिल्लामा राजनीतिक चर्चा र चासो उल्लेख्य रूपमा बढेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page