आँबुखैरेनी नजिकै नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

आँबुखैरेनी नजिकै नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ


तनहुँ, चैत १९ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग खण्डमा प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा संकास्पद व्यक्तिहरूको जाँच गर्ने क्रममा नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ८०१ नम्बरको EV भ्यानलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–८ निवासी ३५ वर्षीय अमृत कुँवरले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा Diazepam १५ एम्पुल, Phenergan १५ एम्पुल र Buprenorphine १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही सवारीमा सवार कास्की पोखरा महानगरपालिका–२९ पट्नेरी निवासी ४४ वर्षीय कुशबल गुरुङको साथबाट Diazepam १३ एम्पुल, Phenergan १३ एम्पुल र Buprenorphine १३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागूऔषध बरामद गरिएको छ।


पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page