नव आदर्श आमा समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा पार्वती हड्खले

नव आदर्श आमा समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा पार्वती हड्खले


व्यास नगरपालिका वडा नं. १, नव आदर्श टोल स्थिति– नव आदर्श आमा समूहको २२ औं साधारणसभा एवं १३ औं अधिवेशन भब्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले पार्वती हड्खलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा कल्पना हड्खले, सचिवमा मधु अधिकारी र कोषाध्यक्षमा रामेश्वरी लौडारी चयन भएका छन् । यस्तै सदस्यहरुमा मनबुजा अधिकारी, शान्ता गुरुङ, सपना अधिकारी, सकुन्तला के.सी., सावित्री लौडारी, मिनुता अधिकारी र कृष्ण देवी कुँवर रहेकाे समुहका कानुनी सल्लाहकार तथा निर्वाचन संयोजक अधिवक्ता डम्बरदेव हडखलेले बताए ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष रमेश चन्द्र हडखले गर्नु भएको थियो भने सभापतित्व आमा समूहकी अध्यक्ष सिता अधिकारीले गर्नु भएको थियो।यस्तै कार्यक्रमको सञ्चालन सचिव कल्पना हडखलेले गर्नु भएको थियो भने कोषाध्यक्ष सुष्मा सिलवालले समूहको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page