फलफूल तथा तरकारी व्यवसायी संघ तनहुँकाे प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा अधिकारी
तनहुँ — फलफूल तथा तरकारी व्यवसायी संघ तनहुँमा नयाँ कार्य समिति चयन गरिएको छ। शनिबार व्यास–३ मा आयोजित संघको प्रथम साधारण सभा एवं अधिवेशनले नयाँ समिति चयन गरेको हो।
समितिको अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् भने उपाध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन्। सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा उमेशराज काफ्ले निर्विरोध चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रमेश श्रेष्ठ, विपिन राैनियार , बिन्दु श्रेष्ठ, सूर्यबहादुर केसी, मोतीलाल प्रसाद शाह , रूदल शाह, रमेश अभ्राय लगायत रहेका छन्।
नव-निर्वाचित अध्यक्ष अधिकारीले फलफूल तथा तरकारी व्यवसायीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै व्यापारीहरूलाई परेको समस्या समाधानका लागि निरन्तर सक्रिय रहने बताए।

संघका सचिव श्रेष्ठले तनहुँ जिल्लालाई फलफूल तथा तरकारीमा नमुना जिल्ला बनाउने लक्ष्य रहेको बताए।


























